Breaking News.... EverestOnlineKhabar
February 7, 2026

निर्वाचन दुई चरणमा हुने प्रधानमन्त्रीको भनाई

Loading

काठमाडौ,२५ चैत ।
प्रधानमन्त्री एंव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन दुई चरणमै हुने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय बैठकमा समसामयिक राजनीति र मधेसी मोर्चासँगको वार्ताका विषयमा पार्टी नेताहरूलाई जानकारी गराउँदै प्रधानमन्त्रीले सरकार अब दुई चरणमा निर्वाचन गराउने गरी अगाडि बढेको बताएका हुन् ।
मोर्चाको मागका आधारमा मधेसमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउने विषयमा सरकार सकारात्मक देखिएको पनि दाहालले बताएका छन् । मधेसमा संख्या थप हुँदा एकै चरणमा निर्वाचन सम्भव नहुने देखिएकाले सरकारले दुई चरणमा निर्वाचन गराउन खोजेको उनको भनाइ छ ।
सरकारले ३१ वैशाखमा देशभर एकै चरणमा स्थानीय निर्वाचन गराउने गरी मिति घोषणा गरेको छ । तर, मधेसी मोर्चाले मधेसमा जनसंख्याका आधारमा स्थानीय तहको संख्या बढाउनुपर्ने, मतदाता नामावलीमा नाम लेख्न छुटेकाहरूको नाम थप्नुपर्नेलगायतका माग अगाडि सारेपछि दुई चरणमा निर्वाचन गर्ने तयारी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.