Breaking News.... EverestOnlineKhabar
April 30, 2026

नेपाली कांग्रेस चुनावी घोषणा पत्र तयार पार्दै…,पेशागत संघसंगठनसंग छलफल

Loading

काठमाडौ,२३ चैत ।
संसदमा रहेको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनको लागि घोषणा पत्र निर्माण गर्न छलफल सुरु गरेको छ । स्थानीय निर्वाचन नजिकिँदै गर्दा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले चुनावी घोषणापत्र तयारीका लागि बहस सुरु गरेको हो ।
केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा ३५ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको कांग्रेसले बुधबारदेखि घोषणापत्रमा समावेश गर्ने विषयका बारेमा बहस सुरु गरेको छ ।
बुधबार नेपाली कांग्रेसले पहिलो चरणमा पेशागत संगठनहरुसँग सुझाव लिएको छ। पार्टी कार्यालय सानेपामा बुझावको लागि आयोजना गरिएको छलफलमा प्राध्यापक संघ, नेपाल बार एसोसिएसन, पत्रकार महासंघ, नेपाल प्रेस युनियन, शिक्षक संघ, इन्जिनियर एसोसिएसन, मेडिकल एसोसिएसन, कलाकार संघ, कृषक संघ, बुद्धिजीवीसहित अधिकांश पेशागत संगठन सहभागि थिए ।
छलफलमा कांग्रेसले गठन गरेको घोषणापत्र समितिका संयोजक महेश आचार्यले घोषणापत्रका मुख्य विशेषताका विषयहरु राखेर सुझावका लागि पेशागत संगठनहरुलाई आह्वान गरेका छन्।
पेशागत संगठनहरुले नेपाली कांग्रेसले विगतमा गर्न नसकेका काम र कारणहरु पनि खुलाएर घोषणापत्रमा राख्न सुझाव दिएका छन्।
प्राध्यापक संघ, प्रजातान्त्रिक प्राध्यापक संघ, मेडिकल एसोसिएसन, इन्जिनियर एसोसिएसन, पत्रकार महासंघ, प्रेस युनियन र कृषक संघले सबै पेशा र व्यवसायमा लागेका मानिसहरुले अपनत्व ग्रहण गर्ने र विकासलाई प्राथमिकतामा राख्ने घोषणापत्र निर्माणका लागि सुझाव दिएका छन्।
उनीहरुले गरिबलाई माथि उठाउने कार्यक्रम केन्द्रविन्दुमा राखेर समाजका सबै वर्ग र समूहका स्वार्थलाई घोषणापत्रमार्फत सम्बोधन गर्न पनि सुझाव दिएका छन्।
छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोइरालासहित घोषणापत्र निर्माण समितिका सदस्यहरु उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed