![]()
काठमाडौ,२१ चैत ।
जिल्ला सुरक्षा समितिको सिफारिसमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी हिमनाथ दवाडीले राजधानीका ६ स्थानलाई निषेधित क्षेत्र घोषणा गरेका छन् । डा. बावुराम भट्टराई नेतृत्वको नयाँ शक्ति सहितका दलले निर्वाचन आयोग घेराउ गर्न शुरु गरेकै दिन स्थानीय प्रशासनले निर्वाचन आयोग सहितका छ स्थान वरपर निषेधित क्षेत्र घोषणा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार निर्वाचन आयोगको कार्यालय रहेको भवन बहादुर भवनको उत्तरतर्फ केशरमहल चोकदेखि दक्षिणतर्फ ज्याठागल्ली मोड सम्म धर्ना, घेराउ, जुलुस जस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्न पाईने छैन ।
त्यस्तै प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन नयाँ बानेश्वर, सिंहदरबार, उपराष्ट्रपति निवास र राष्ट्रपती कार्यालय शितल निवास आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार शितल निवासको पुर्व शिवपुरी स्कुल, पश्चिमतर्फ सामाखुशी निस्कले नाला, कान्ति अस्पताल र प्रहरी अस्पताल जाने मोडबाट भित्रपट्टि विरोधका कार्यक्रम गर्न पाईदैन ।
त्यस्तै बालुवाटारतर्फ पवित्र वर्कसप हुँदै गैरिधारा जाने बाटोको पश्चिम दक्षिण सय मिटर, प्रधान न्यायाधिश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिम, राष्ट्रबैंको पुर्वतर्फ १०० मिटर र ईटालिया चोबाट ५० मिटर दिक्षीणी क्षेत्रमा बिरोधका कार्यक्रम गर्न पाईने छैन ।
संसदभवन परिसरको दक्षिणतर्फ पेटिसँग थोडिएको भाग, पश्चिमतर्फ थापागाउँ जाने बाटोको दक्षिण किनारादेखी नयाँ बानेश्वर चोकसम्मको सम्पुर्ण सडकलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
त्यस्तै सिंहदरबार आसपास भद्रकाली मन्दिर हुँदै सिंहदरबारको मुलगेटसम्म, पद्मोदय मोड, माईतिघर मण्डला हुँदै जिल्ला अदालत प्रवेशमार्ग हुँदै हनुमानस्थान मन्दिरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौैंले जनाएको छ ।
त्यस्तै उपराष्ट्रपति निवासको सामाखुसीबाट कपुरधारा चित्ताजाने मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।
स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम प्रमुख जिल्ला अधिकारीले निषेधित क्षेत्र तोक्न पाउँछन् ।


