Breaking News.... EverestOnlineKhabar
April 8, 2026

ब्रेकिङ न्युज: नेपाली राजनीतिमा भुइँचालो– शेरबहादुर देउवा र डा. आरजु राणाविरुद्ध पक्राउ पुर्जी जारी!

Loading

काठमाडौं ।
नेपाली राजनीतिको शिखरमा रहेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। गैरकानुनी सम्पत्ति आर्जन को गम्भीर अनुसन्धानका क्रममा उनीहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको उच्च स्रोतले पुष्टि गरेको छ।
अदालतको अनुमतिपछि एक्सनमा विभाग
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामो समयदेखि उनीहरूको चल-अचल सम्पत्तिमाथि निगरानी गरिरहेको थियो। अनुसन्धानका क्रममा कैफियत देखिएपछि विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउका लागि अनुमति लिएको हो। विभागका एक उच्च अधिकारीका अनुसार, “गम्भीर प्रमाणहरू फेला परेपछि थप अनुसन्धान र बयानका लागि नियन्त्रणमा लिनुपर्ने अवस्था आएको” हो।
नेपाली राजनीतिमा तरंग
नेपालको लोकतान्त्रिक आन्दोलनका प्रमुख पात्र र पटक-पटक मुलुकको बागडोर सम्हालेका देउवा दम्पतीविरुद्धको यो कदमलाई नेपाली राजनीतिको हालसम्मकै सबैभन्दा ठूलो ‘हाई-प्रोफाइल’ घटनाका रूपमा हेरिएको छ। यो समाचार सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा ठूलो तरंग पैदा भएको छ भने कांग्रेस पंक्तिमा सन्नाटा छाएको छ।
www.everetonlinekhabar.com
आरोप: गैरकानुनी सम्पत्ति आर्जन र सम्पत्ति शुद्धीकरण।
निकाय: सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग।
अनुमति: जिल्ला अदालत काठमाडौं।
वर्तमान अवस्था: विभागले पक्राउका लागि आवश्यक प्रक्रिया अगाडि बढाइसकेको।
के हुन्छ अब?
पक्राउ पुर्जी जारी भएसँगै अब सुरक्षा निकाय र विभागले उनीहरूलाई जुनसुकै बेला हिरासतमा लिन सक्ने कानुनी बाटो खुलेको छ। विगत केही समयदेखि भ्रष्टाचार विरोधी अभियान तीव्र पारिएको दाबी गरिरहेको सरकारका लागि यो कदम अग्निपरीक्षा साबित हुने देखिन्छ।
यो प्रकरणले सत्ता समीकरण र आगामी राजनीतिक दिशामा कस्तो प्रभाव पार्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ।
थप विवरण आउन बाँकी छ। ताजा अपडेटका लागि www.everestonlinekhabar.com हेर्दै गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed