![]()
काठमाडौँ | सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम संवत् २०८२ चैत १३ गते गठित मौजुदा मन्त्रिपरिषद्को कार्यविभाजन र मर्यादाक्रम मंगलबार (चैत २४ गते) पुनरावलोकन गरिएको हो।
नयाँ मर्यादाक्रम अनुसार गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री सुधन गुरुङको वरियतामा गिरावट आएको छ। यसअघि तेस्रो स्थानमा रहँदै आएका गुरुङ अब पाँचौँ वरियतामा झरेका छन्।
को कति औँ नम्बरमा? (नयाँ मर्यादाक्रम सूची):
राष्ट्रपति कार्यालयद्वारा सार्वजनिक विज्ञप्ति अनुसार नयाँ वरियता र कार्यविभाजन यस प्रकार छ:
१. श्री वालेन्द्र शाह – प्रधानमन्त्री (रक्षा; उद्योग, वाणिज्य तथा आपूर्ति)
२. डा. स्वर्णिम वाग्ले – अर्थ मन्त्री
३. श्री शिशिर खनाल – परराष्ट्र मन्त्री
४. श्री विराज भक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री
५. श्री सुधन गुरुङ – गृह मन्त्री
६. श्री सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात; सहरी विकास मन्त्री
७. श्री सोविता गौतम – कानून, न्याय तथा संसदीय मामिला मन्त्री
८. श्री सीता बादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री
९. श्री प्रतिभा रावल – संघीय मामिला तथा सामान्य प्रशासन; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री
१०. श्री निशा मेहता – स्वास्थ्य तथा जनसंख्या; खानेपानी मन्त्री
११. श्री सस्मित पोखरेल – शिक्षा, विज्ञान तथा प्रविधि; युवा तथा खेलकुद मन्त्री
१२. श्री खडक राज पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री
१३. डा. विक्रम तिमिल्सिना – सञ्चार तथा सूचना प्रविधि मन्त्री
१४. श्री गीता चौधरी – कृषि तथा पशुपन्छी विकास; वन तथा वातावरण मन्त्री
१५. श्री दिपक कुमार साह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री
फेरिएको शक्ति सन्तुलन
प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा रहेको यस मन्त्रिपरिषद्मा डा. स्वर्णिम वाग्ले दोस्रो र शिशिर खनाल तेस्रो वरियतामा रहेका छन्। सुधन गुरुङलाई गृह मन्त्रालयकै जिम्मेवारीमा यथावत राखे पनि मर्यादाक्रममा भने दुई स्थान तल सारिएको छ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार यो नयाँ मर्यादाक्रम आजैका मितिदेखि लागू हुनेछ।
थप अपडेटका लागि हेर्दै गर्नुहोला: www.everestonlinekhabar.com


