Breaking News.... EverestOnlineKhabar
April 9, 2026

सुशासनमाथि भद्दा मजाक: निलम्बित मन्त्री-पत्नी पुनः बीमा बोर्डमा, बालेन सरकारको साखमा धक्का

Loading


काठमाडौँ —

नयाँ पुस्ता र जेन्जी (Gen-Z) आन्दोलनले नातावाद र कृपावाद विरुद्ध आवाज उठाइरहेका बेला वर्तमान सरकारभित्रै नीतिगत भ्रष्टाचारको नमुना देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले श्रममन्त्री दीपककुमार शाहकी पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा नियुक्त गरेपछि सुशासनको नारामाथि गम्भीर प्रश्न खडा भएको छ।

निलम्बनदेखि पुन: नियुक्तिसम्मको सेटिङ

आश्चर्यजनक कुरा के छ भने, जुनु श्रेष्ठ यसअघि पनि सोही बोर्डकी सदस्य थिइन्। तर, बोर्डका बैठकहरूमा लगातार अनुपस्थित भएपछि नियमानुसार उनलाई निलम्बन गरिएको थियो। आफ्नो जिम्मेवारी पूरा गर्न नसकेर कारबाहीमा परेकी व्यक्तिलाई नै पुनः सोही पदमा ल्याउनुले योग्यताभन्दा ‘सम्बन्ध’ र ‘पहुँच’ हाबी भएको पुष्टि गर्छ।

कन्फ्लिक्ट अफ इन्ट्रेस्ट 

स्रोतका अनुसार चैत १६ गते स्वास्थ्य मन्त्री मेहताले बीमा बोर्डका पदाधिकारीसँग छलफल गरेकी थिइन्। लगत्तै श्रममन्त्री शाहीले आफ्नी पत्नी पुनः बोर्डमा बस्न इच्छुक रहेको भन्दै दबाब दिएपछि यो नियुक्ति भएको हो। एउटै क्याबिनेटमा रहेका मन्त्रीका परिवारलाई राज्यका निकायमा नियुक्ति दिनु ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को सिद्धान्त विपरीत रहेको विज्ञहरूको तर्क छ।

  • प्रधानमन्त्री बालेन शाहको अग्निपरीक्षा

जनप्रिय कदम र पारदर्शिताका कारण चर्चामा रहेका प्रधानमन्त्री बालेन शाहका लागि आफ्नै मन्त्रिमण्डलका सदस्यहरूको यो कदम ठुलो चुनौती बनेको छ। सुशासनको नारा दिएर नथाक्ने सरकारले आफ्नै मन्त्रीका पत्नीलाई चोर बाटोबाट नियुक्ति दिनुले ‘भद्दा मजाक’ गरेको विश्लेषण भइरहेको छ।

यस निर्णयले युवा पुस्तामा सरकारप्रतिको विश्वास कमजोर पार्ने मात्र नभई, ‘नातावाद’ को पुरानै प्रवृत्तिलाई संस्थागत गरेको देखिन्छ। के प्रधानमन्त्रीले यो नियुक्ति बदर गरी सुशासनको प्रत्याभूति देलान्? आम नागरिकले प्रश्न गरिरहेका छन्।

थप विवरण: www.everestonlinekhabar.com

#Corruption #Nepotism #BalenShah #NishaMehta #HealthInsuranceBoard #EverestOnlineKhabar #GenZMovement #NepalPolitics #Viral #Trending #RabiLamichhane

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed