Breaking News.... EverestOnlineKhabar
April 9, 2026

Loading


काठमाडौँ | www.everestonlinekhabar.com

सरकारले विभिन्न ६ देशमा राजनीतिक नियुक्तिका आधारमा पठाइएका राजदूतहरूलाई फिर्ता बोलाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मन्त्रिपरिषद्को पछिल्लो बैठकले राजदूतहरूलाई मार्गप्रशस्त गर्न आग्रह गर्दा पनि राजीनामा नदिएपछि उनीहरूलाई फिर्ता बोलाउने निर्णय लिएको हो।

फिर्ता बोलाइएका राजदूतहरूको नामावली:

१. डा. शङ्करप्रसाद शर्मा – भारत

२. डा. शिवमाया तुम्बाहाङ्फे – दक्षिण कोरिया

३. चित्रलेखा यादव – अस्ट्रेलिया

४. डा. पूर्णबहादुर नेपाली – श्रीलङ्का

५. सुम्निमा तुलाधर – डेनमार्क

६. कपिल श्रेष्ठ – दक्षिण अफ्रिका


www.everestonlinekhabar.com:

  • एक महिनाको समय: फिर्ता बोलाइएका राजदूतहरूलाई आफ्नो तयारीका लागि एक महिनाको समय सीमा दिइएको छ।१७ देश राजदूतविहीन: यो निर्णयसँगै अब १७ देशमा नेपाली दूतावासहरू राजदूतविहीन हुन पुगेका छन्।राजीनामा नदिएपछि एक्सन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वर्तमान सरकारले राजनीतिक नियुक्ति पाएकाहरूलाई नैतिकताका आधारमा राजीनामा दिन भने पनि अटेर गरेपछि सरकारले सिधै फिर्ता बोलाएको हो।नयाँ नियुक्तिको तयारी: परराष्ट्र मन्त्रालयका अनुसार रिक्त रहेका १७ वटै देशमा चाँडै नयाँ राजदूत नियुक्त गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

थप समाचार र अपडेटका लागि हेर्दै रहनुहोस्:

www.everestonlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed