Breaking News.... EverestOnlineKhabar
April 2, 2026

Loading

काठमाडौँ —

सम्पत्ति शुद्धीकरण  अनुसन्धानमा रहेका विवादित व्यापारी दीपक भट्टलाई बिहीबार नेपाल प्रहरीले पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले उनलाई ललितपुरबाट नियन्त्रणमा लिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा भट्टलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी विरुद्ध विभागले केही समयदेखि गम्भीर अनुसन्धान गरिरहेको थियो। अनुसन्धानकै क्रममा विभागको सिफारिसमा अध्यागमन विभागले उनलाई यसअघि नै ‘कालोसूची’ मा राख्दै राहदानी  रोक्का समेत गरिसकेको थियो।

भट्टमाथि अवैध रूपमा आर्जन गरेको सम्पत्तिलाई विभिन्न कम्पनीहरू मार्फत वैधानिकता दिन खोजेको  अभियोग छ। उनी इनफिनिटी होल्डिंग्सका अध्यक्ष हुन् र उनीमाथि सेटिङ मार्फत सरकारी ठेक्कापट्टा, जलविद्युत इजाजतपत्र र नियामक निकायका नियुक्तिहरूमा प्रभाव पारेको आरोप समेत लाग्दै आएको छ।

विशेष गरी, हिमालयन रि-इन्स्योरेन्सको लाइसेन्स वितरण र नेपाल धितोपत्र बोर्ड (SEBON) मा आफ्ना मान्छे नियुक्त गराएको विषयमा पनि उनी विवादमा तानिएका थिए।

अहिले उनलाई थप अनुसन्धानका लागि सीआईबीको नियन्त्रणमा राखिएकाे छ।

थप विवरणका लागि: www.everestonlinekhabar.com

#DeepakBhatt #BreakingNews #MoneyLaundering #NepalPolice #EverestOnlineKhabar #Kathmandu

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed