Breaking News.... EverestOnlineKhabar
April 2, 2026

एभरेष्ट विशेष: ‘बिचौलियाका पनि बिचौलिया’ दीपक भट्टमाथि बालेन सरकारको ‘सर्जिकल स्ट्राइक’, ढल्दैछ सेटिङको साम्राज्य!

Loading

काठमाडौं । देशको शासन र प्रशासनलाई वर्षौंदेखि आफ्नो मुठ्ठीमा राखेर ‘समानान्तर सरकार’ चलाइरहेका भनिएका चर्चित बिचौलिया दीपक भट्ट अन्ततः कानुनको घेरामा परेका छन्। शीर्ष नेताहरूको संरक्षणमा राज्यका हरेक संयन्त्रलाई प्रभावमा पार्दै आएका भट्टमाथि नवनियुक्त बालेन्द्र शाह नेतृत्वको सरकार र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको कडा निर्देशनपछि ऐतिहासिक ‘एक्सन’ सुरु भएको छ।

राहदानी रोक्का र २ अर्बको मुद्दाको तयारी

हिजोसम्म भट्टको नाम सुन्नेबित्तिकै फाइल लुकाउने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग अहिले पूर्ण सक्रिय बनेको छ। प्राप्त जानकारी अनुसार भट्टको राहदानी  रोक्का भइसकेको छ र उनी विरुद्ध झण्डै २ अर्ब रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ता गर्ने अन्तिम तयारी भइरहेको छ।

४५ करोडको त्यो ‘रहस्यमय’ ट्रान्सफर

भट्टको पतनको मुख्य कडी जगदम्बा स्टिलबाट उनको व्यक्तिगत खातामा आएको ४५ करोड रुपैयाँ बनेको छ। यो रकम कुन प्रयोजनका लागि ट्रान्सफर गरियो भन्नेबारे विभागले सुक्ष्म अनुसन्धान गरिरहेको छ। यसका साथै हिमालयन रिइन्स्योरेन्सको अवैध लगानी र प्रहरीको हतियार खरिदमा हुने अर्बौंका ‘सेटिङ’का प्रमाणहरू समेत  अन्य स्रोतहरूबाट बाहिरिएका छन्, जसले भट्टको साम्राज्यलाई धराशयी बनाउँदैछ।

सिँहदरबारदेखि भन्सारसम्मको ‘मास्टरमाइन्ड’

दीपक भट्टलाई ‘बिचौलियाका पनि बिचौलिया’ मानिन्छ। साँझ परेपछि सिँहदरबार छिर्ने र कर्मचारीको सरुवा-बढुवा, भन्सारका ठेक्का, र न्यायलयसम्म सेटिङ मिलाउने उनको कार्यशैली अब इतिहास बन्ने संकेत देखिएको छ। प्रहरीको रासनदेखि देशको शासनसम्म उनको जुन अदृश्य लगानी थियो, त्यसको जालो अब बालेन सरकारले ‘ध्वस्त’ पार्ने जनअपेक्षा छ।

शंकर ग्रुप र ठूला घरानासँगको नेक्सस तोडिँदै

अर्थमन्त्री स्वर्णिम वाग्लेको ठाडो निर्देशनपछि भट्टसँगै जोडिएका शंकर ग्रुप जस्ता ठूला व्यापारिक घरानाको शंकास्पद भूमिकामाथि पनि अनुसन्धान सुरु भएको छ। छुनै नसकिने मानिनेहरूमाथि भएको यो प्रहारले नेपालमा सुशासनको नयाँ युग सुरु भएको आभास दिलाएको छ।

चिया पसलदेखि सदनसम्म चर्चा: “अब पालो बालेनको”

अहिले काठमाडौंका चिया पसलदेखि सामाजिक सञ्जालसम्म एउटै चर्चा छ– “के बालेन सरकारले भट्टलाई कठघरामा उभ्याउन सफल होला?” यदि यो मिसन सफल भएमा देश भित्रको भ्रष्टाचारको सेटिङ पुरै ढल्ने विश्वास गरिएको छ। जनता सरकारको यो साहसिक कदमको प्रशंसा गर्दै अन्तिम नतिजाको प्रतीक्षामा छन्।


यो खोजमुलक रिपोर्टको थप अपडेटका लागि हेर्दै गर्नुहोला: www.everestonlinekhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed