Breaking News.... EverestOnlineKhabar
April 28, 2026

जितसंगै मेक्सिको समुहको शिर्ष स्थानमा

Loading

मस्को,८ असार ।
रुसमा भइहरेकोे फिफा कनफेडेरेशन कप फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा मेक्सिको विजयी भएको छ । समूह ए मा रहेको मेक्सिकोले न्युजिल्याण्डलाई २–१ ले हराएको हो । मेक्सिकोलाई जिताउन राउज जिमेनेज र ओरिबे पेराल्ताले गोल गरे ।
न्युजिल्याण्डका लागि क्रिस वुडले एक गोल गरे । ४२ औं मिनेटमा वुडले गोल गरेपछि न्युजिल्याण्डले पहिलो हाफमा १–० को अग्रता लियो । तर उसले यो अग्रता दोस्रो हाफमा जोगाउन सकेन । जिमेनेजले ५४ औं मिनेटमा मेक्सिकोका लागि बराबरी गोल फर्काए ।
७२ औं मिनेटमा पेराल्ताले गोल गरेपछि मेक्सिको २–१ ले विजयी भयो । जितपछि समूहको शीर्ष स्थानमा रहेको मेक्सिकोको दुई खेलबाट चार अंक भएको छ । समान चार अंक नै भएको पोर्चुगल दोस्रो स्थानमा छ । पहिलो खेल जिते पनि दोस्रो खेलमा पोर्चुगलसँग पराजित भएको आयोजक रुस तीन अंकसहित तेस्रो स्थानमा छ । न्युजिल्याण्डले अहिलेसम्म अंक जोड्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed