Breaking News.... EverestOnlineKhabar
April 29, 2026

रोकियन सरकारी गाडी दुरुपयोग……..

Loading

काठमाडौ,८ असार ।
सुरक्षाका कारण देखाउँदै सयौं सरकारी गाडी रातो (निजी) नम्बर प्लेट राखेर सञ्चालन गरेको पाइएको छ । निजी नम्बर प्लेट राखेर प्रयोग गरिएका सवारीसाधनको सदुपयोग वा दुरुपयोग भएको छ भन्नेबारे कुनै निकायले अनुगमन गरेको छैन । गृह मन्त्रालयले एक वर्षयता दुई सयभन्दा बढी सवारीसाधनलाई निजी नम्बर प्लेट राखेर प्रयोग गर्न दिएको छ । संवैधानिक निकाय तथा प्रायः सबै मन्त्रालयका उच्च अधिकारीले रातो नम्बर प्लेट प्रयोग गरेका छन् । सुरक्षा खतरा छ वा छैन भन्नेबारे अध्ययन नगरी गृहले निजी नम्बर प्लेट राख्ने अनुमति दिएको छ ।
द्वन्द्वकालमा सरकारका उच्च अधिकारीलाई सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर प्रयोग गर्न दिने गरिएको थियो । शान्ति स्थापना भई संविधान निर्माण भइसकेको अवस्थामा पनि सरकारी अधिकारीले निजी प्लेट राखेर गाडी चलाउन छाडेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed