Breaking News.... EverestOnlineKhabar
May 1, 2026

च्याम्पियन्स ट्रफि क्रिकेटः फाइनलमा भारत पाकिस्तान भिड्ने

Loading

एजेन्सी,२ असार ।
च्याम्पियन्स ट्रफि क्रिकेटको उपाधिका लागि भारत र पाकिस्तान खेल्ने भएका छन् । बंगलादेशलाई ९ विकेटले हराउँदै भारतले पाकिस्तानसँगको फाइनल पक्का गरेको हो । बंगलादेशले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ४० ओभर १ बलमा एक विकेट जाँदा भेट्टायो । भारतलाई जिताउन रोहित शर्माले १ सय २९ बलमा अविजित १ सय २३ र विराट कोहलीले ७८ बलमा अविजित ९६ रन बनाए । शिखर धवनले ३४ बलमा ४६ रन बनाए । बंगलादेशका मसरफि मोरताजाले एक विकेट लिए ।
टस हारेपछि पहिले ब्याटिङ गरेको बंगलादेशले ५० ओभरमा ७ विकेट जाँदा २ सय ६४ रन बनाएको थियो । बंगलादेशका तमिम इकवालको ८२ बलमा ७० रन, मुस्फिकुर रहिमको ८५ बलमा ६१ रन, मसरफि मोरताजाले २५ बलमा ३० रन बनाए । भारतका भुवनेश्वर कुमार, जसप्रित बुम्राह र केदार ज्यादवले दुई दुई साथै रविन्द्र जडेजाले एक विकेट लिए । भारत र पाकिस्तानबिचको फाइनल खेल आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed