Breaking News.... EverestOnlineKhabar
May 1, 2026

काँग्रेसले नेपालगञ्जमा स्थापना गर्‍यो क्षेत्रीय मिडिया डेस्क

Loading

नेपालगञ्ज,२ असार ।
नेपाली कांग्रेसले क्षेत्रीय मिडिया डेस्क नेपालगन्जमा स्थापना गरेको छ। कांग्रेसका केन्द्रीय सदस्य एवम् स्थानीय तह निर्वाचन प्रचार उप–समिति संयोजक रमेश लेखकले मिडिया डेस्कको उद्घाटन गरेका छन् । निर्वाचनमा मिडियाले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेसले केन्द्र र क्षेत्रीय स्तरमा मिडिया डेस्क स्थापना गरेको जनाएको छ ।
सो अवसरमा बोल्दै उनले कांग्रेसमाथि अपार विश्वास र साथ रहेकाले स्थानीय तह निर्वाचनमा जित सुनिश्चित भएको दाबी गरे। निर्वाचनमा मिडियाले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने भएकाले कांग्रेसले केन्द्र र क्षेत्रीय स्तरमा मिडिया डेस्क स्थापना गरेको जनाए ।
उनले कांग्रेस बिना कुनैपनि राजनीतिक, सामाजिक र साँस्कृतिक परिवर्तन असम्भव भएकाले आमजनताले बुझेको हुँदा निर्वाचनमा कांग्रेसले जित्ने उद्घोष गरे।
कार्यक्रममा नेपाली कांग्रेस बाँकेका सभापति किरण कोईराला, नेपालगन्ज उपमहानगरपालिकाका मेयर उम्मेदवार डा. सुरेशकुमार कनोडिया, उपमेयर उम्मेदवार उमा थापामगर, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी लगायतले बोलेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed