![]()
काठमाडौं । सम्माननीय प्रधानमन्त्री शुशिला कार्की ज्यूले आज पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ ज्यूको नीजी निवासमा पुगी उहाँका दिवंगत बुवालाई श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले स्वर्गीय बुवाको तस्बिरमा माल्यार्पण गर्दै गहिरो श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँले पूर्वप्रधानन्यायाधीश श्रेष्ठ तथा उहाँको परिवारलाई भेटेर यस दुःखको घडीमा धैर्य धारण गर्न शक्ति मिलोस् भन्दै सान्त्वना दिनुभयो ।
प्रधानमन्त्री कार्कीले स्व. श्रेष्ठको निधनले परिवार तथा समाजलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्नुभएको छ ।


