Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आज (शुक्रबार) निर्णायक दिन रहेको छ। प्रदेश प्रमुखले सरकार गठनका लागि आह्वान गरेको समयसीमा आजै सकिँदै गर्दा नेकपा (एमाले) बाहेकका ७ दलले संयुक्त गठबन्धन बनाएर मुख्यमन्त्रीको दाबी पेश गर्ने तयारी गरेका छन्।

बुधबार र बिहीबार दिनभरको लामो छलफलपछि गठबन्धनका नेताहरू लगभग सहमतिमा पुगेका हुन्।

७ दलीय गठबन्धनमा को-को?
नयाँ सत्ता समीकरण बनाउन लागेका दलहरूमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) रहेका छन्।

मुख्यमन्त्रीका मुख्य दाबेदार: सोनल कि यादव?

यस गठबन्धनबाट मुख्यमन्त्रीका लागि मुख्य दुई नेताहरू प्रमुख दाबेदारका रूपमा अगाडि आएका छन्:

जितेन्द्र सोनल (लोकतान्त्रिक समाजवादी पार्टी – लोसपा)

कृष्णप्रसाद यादव (नेपाली कांग्रेस संसदीय दलका नेता)

गठबन्धनमा सहमति जुटाउनका लागि शक्ति बाँडफाँटमा तीव्र छलफल चलिरहेको नेताहरूले बताएका छन्।

सभामुख पद पनि खाली
मधेस प्रदेशमा नेकपा एमालेका रामचन्द्र मण्डल पदमुक्त भएसँगै सभामुख पद पनि खाली रहेको छ। सरकार गठनसँगै सभामुखको पदमा पनि भागबण्डा मिलाउनुपर्ने चुनौती गठबन्धनलाई छ।

जसपा नेपालले सभामुख पद आफूले लिने दाउपेचमा रहेको बुझिएको छ।

प्रदेश प्रमुखलाई आजै मुख्यमन्त्रीको दाबी पेश गरिने तयारी रहेकोले मधेस प्रदेशले अब केही घण्टामै नयाँ मुख्यमन्त्री पाउने सम्भावना बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed