Breaking News.... EverestOnlineKhabar
April 30, 2026

पूर्व प्रधानमन्त्री ओलीको नयाँ निवास ‘ओली कुटी’ निर्माण सुरु: राधिका शाक्यद्वारा शिलान्यास, चाँडै गुण्डुको डेराबाट सर्ने तयारी

Loading

भक्तपुर। पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नयाँ निजी निवास ‘ओली कुटी’ निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।

निवासको शिलान्यास आज (शुक्रबार) ओलीकी धर्मपत्नी राधिका शाक्य (‘राधिका आमा’) द्वारा एक संक्षिप्त धार्मिक समारोहबीच सम्पन्न गरिएको छ। शिलान्यास कार्यक्रममा ओली परिवारका सदस्यहरू, नेकपा एमालेका केही निकटस्थ नेता तथा कार्यकर्ताहरू, र निर्माण कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

शिलान्यास सम्पन्न भएसँगै निर्माण कार्यलाई विशेष प्राथमिकताका साथ तीव्र गतिमा अघि बढाउने लक्ष्य राखिएको छ।

बालकोटमा क्षतिपछि गुण्डुको डेरामा ओली
कमरेड ओली पछिल्लो समय भक्तपुरको बालकोटस्थित आफ्नो पुरानो निवास छाडेर डेरामा बस्दै आउनुभएको छ। जानकारी अनुसार, हालै ‘जेन जी’ आन्दोलनका क्रममा बालकोटस्थित निवासमा पुगेको ‘पूर्ण क्षति’ का कारण उहाँले तत्कालका लागि वासस्थान परिवर्तन गर्नुभएको हो।

हाल ओली भक्तपुरको गुण्डु क्षेत्रमा डेरा लिएर बस्दै आउनुभएको छ। ‘ओली कुटी’ को निर्माणले वर्तमान डेराको बसाइलाई अन्त्य गर्दै अध्यक्ष ओलीलाई छिट्टै आफ्नै निजी निवासमा सर्न सहज बनाउनेछ।

सुरक्षा र सुविधासम्पन्न निवासको योजना
नेकपा एमाले अध्यक्ष ओलीको बसाइ र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै ‘ओली कुटी’ को निर्माणमा कुनै विलम्ब नहोस् भनेर निर्माण पक्षलाई विशेष निर्देशन दिइएको छ। ‘ओली कुटी’ लाई अत्याधुनिक र सुविधासम्पन्न बनाइनेछ।

नयाँ निवास निर्माण सम्पन्न भएपछि, ओलीले औपचारिक रूपमा डेराको बसाइ छोड्दै ‘ओली कुटी’ मा प्रवेश गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed