Breaking News.... EverestOnlineKhabar
April 28, 2026

प्रदर्शनको तयारीमा रहेका विपक्षी नेता पक्राउ

Loading

रुस,३० जेठ ।
रुसमा प्रदर्शनको तयारीमा रहेका विपक्षी नेता अलेक्सिस नाभाल्नीलाई सरकारले पक्रेको छ । उनलाई एक महिना हिरासतमा राखिने छ । आफ्ना समर्थकलाई भष्टाचारविरुद्धको र्‍यालीमा सहभागी हुन आह्वान गरेको आरोपमा नाभाल्नीलाई उनकै निवास मस्कोबाट पक्राउ गरिएको हो ।
उनीसहित सयभन्दा बढी समर्थकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नाम चलेका अभियानकर्ता पनि छन् । नाभाल्नी अर्को वर्ष हुने राष्ट्रपति निर्वाचनमा उठ्ने तयारीमा रहेकै बेला हिरासतमा लिइएको हो । यस घटनाप्रति आपत्ति जनाउँदै समर्थकहरुले बिरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed