Breaking News.... EverestOnlineKhabar
March 18, 2026

सबैभन्दा धेरै घुस्याहा कर्मचारी काठमाडौमा,मालपोत कार्यालय घुसखोरीको अखडा……

Loading

काठमाडौ,३० जेठ ।
सबैभन्दा धेरै घुस खाने कर्मचारी काठमाडौंमा रहेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनमा चालू आर्थिक वर्षको जेठ २८ गतेसम्म सबैभन्दा धेरै काठमाडौं जिल्लामा घुस खाँदै गरेका १९ जना कर्मचारी रंगेहात पक्राउ परेको उल्लेख गरिएको छ।
ललितपुरबाट ३ र भक्तपुरबाट २ जना कर्मचारी घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके जिल्ला घुस लिने जिल्लामा दोस्रो स्थानमा रहेको छ। धेरैजसो घुस लिने काम नापी तथा मालपोत विभागमा हुने गरेको पाइएको अख्तियारले जनाएको छ ।
आयोगले घुस लिने काम देशभर व्याप्त पनि जनाएको छ। आयोगका अनुसार घुस लिँदै गर्दा रंगेहात पक्राउ पर्ने कर्मचारीमा नायव सुब्बा सबैभन्दा बढी छन्। चालू आर्थिक वर्षको हालसम्म पक्राउ परेका ७६ जनामध्ये ३४ जना नायव सुब्बा घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन्। १५ जना शाखा अधिकृतलाई पनि घुस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको छ। ५ जना उपसचिव समेत घुस खाँदै गर्दा पक्राउ परेको आयोगले जनाएको छ ।
अख्तियारले घुस खाने कुनै पनि कर्मचारीलाई अनुसन्धानको दायरामा ल्याउने प्रतिवद्धता समेत जनाएको छ । अख्तियारले व्यक्तिगत कार्य सम्पादन गर्न पहुँचवालाहरुले घुस दिने गरेको पाइएको पनि जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.