Breaking News.... EverestOnlineKhabar
May 1, 2026

लडाकू समूहको कब्जाबाट गद्दाफीका छोरा मुक्त

Loading

एजेन्सी,२८ जेठ ।
लिबियाका पूर्वशासक मुअम्मर गद्दाफीका छोरा सइफ अल इस्लाम गद्दाफी लडाकु समूहको कब्जा मुक्त भएका छन् । ६ वर्षअघि लिबियाको जिन्तान शहरमा एउटा मिलिसिया समूहले गद्दाफीका उत्तराधिकारी मानिएका दोस्रो छोरा सेफ अल इस्लाम गद्दाफीलाई कब्जामा लिएको थियो ।
तर सो समूहले मानवअधिकारवादी संगठन एम्नेस्टीको जिम्मा लगाएर उनलाई मुक्त गरेको जनाइएको छ । सन् २०१५ मा त्रिपोलीको एउटा अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो । तर मिलिसिया समूहले उनलाई अदालत समक्ष बुझाउन अस्वीकार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed