Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

बाघमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अमेरिकाको न्यूयोर्क सिटीमा रहेको ब्रोंक्स जू (चिडियाखाना) चार वर्षकी बघिनीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आयोवास्थित नेशनल भेटेरिनरी सर्भिसेज ल्याबोरेटरीले चार वर्षकी मलायन टाइगरमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको हो । नाडिया नाम गरेकी बघिनीलाई केही दिनदेखि सुक्खा खोकी लागेको थियो । त्यसपछि शंका लागेर परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाइएको छ । नाडियाकी बहिनी अजुल र अरु दुई बाघ तथा तीनवटा अफ्रिकन सिंहमा पनि लक्षण देखिएको छ ।

सबैलाई निको हुने अपेक्षा गरिएको नेशनल भेटेरिनरी सर्भिसेज ल्याबोरेटरीले जनाएको छ । चिडियाघरका हेरालुबाट उनीहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान छ । संक्रमण देखिए पनि अधिकांश रुपमा बघिनी स्वस्थ रहेको चिडियाखानाले जनाएको छ । बाघमा संक्रमण पुष्टि भएसँगै सबै जनावरलाई नियाली रहेको चिडियाखानाले जनाएको छ । संरक्षणविदले कोरोना भाइरसको वर्तमान महामारीको प्रभाव केही जंगली जनावरमा पनि पर्न सक्ने बताएका छन् । विशेषगरी गुरिल्ला र चिम्पाञ्जीहरु जोखिममा रहेको संरक्षणविदको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed