Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

पूरै विश्व कोरोना भाइरसको संक्रमण फैलिएको छ तर यो महामारीले सबैभन्दा धेरै मृत्यु इटालीमा भएको छ । इटालीका आधिकारीका अनुसार शनिवार यस भाइरसका कारण ६८१ जनाको मृत्यु भएको छ र कुल मिलाएर यो आकडा १५ हजार ३ सय ६२ सम्म पुगेको छ । तर शनिवारपछि इटालीमा आशाको पहिलो किरण देखिएको छ । इटालीको सर्वसाधारणको सुरक्षा गर्ने वाला सिभिल प्रोटेक्सन डिभिजनका अनुसार देशमा यस्ता बिरामीको संख्यामा पहिलो पटक कमी देखिएको छ । जसको उपचार आइसीयुमा भइरहेको छ । इटालीका सिविल प्राटेक्सन डिभिजनका प्रमुख एन्जेलो बोर्रेलीले सञ्चारमाध्यममा बताए अनुसार शुक्रवार इटलीका अस्पतालमा क्रिटिकल बिरामीको संख्या ४ हजार ६८ थियो जो शनिवार कम भएर ३ हजार ९ सय ९४ भएको छ । उनका अनुसार यो निकै खुसीको कुरा हो जब क्रिटिकल बिरामीको सख्या पहिलपटक घटेको छ । यसबाट केही राहत मिलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed