Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ चैत्र २३, अछाम । अछाममा बाघको आक्रमणबाट ७० वर्षीया वृद्धा घाइते भएकी छिन् । आज बिहान करिब ६ः३० बजे अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ मा बाघको आक्रमण बाट अन्दाजी ७० वर्षीया बेलादेबी भण्डारी गम्भीर घाइते भएकी हुन् । बाख्रा गोठमा बाघ पसेपछि बाघलाइ भगाउन जाँदा बाघले आक्रमण गरेको हो । आक्रमणबाट उनको टाउकोमा गहिरो घाउ भएको छ । बिनायक स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि उनलाई हेलिकोप्टरमार्फत कोहोलपुर लगिएको अछामका प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए । घाइते भण्डारी पूर्व सांसद एवम् नेकपा नेता सरद सिंह भण्डारीको आमा हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed