Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

कोरोना संक्रमित बलिउड गायिका कनिका कपुरको स्वास्थ्यमा सुधार आएको छ । दुई सातादेखि लखनऊको संजय गान्धी पिजिआई अस्पतालमा उपचाररत कनिकाको स्वास्थ्यमा सुधार आएको हो । हालसम्म कनिकाको ५ वटा टेष्ट भएको थियो । जसमा ५ वटा नै टेष्ट कोरोना पोजेटिभ देखिएको थियो । अब भने उनको शरीरमा कोरोना संक्रमण नदेखिएको कनिकाको परिवारले बताएका छन् । चिकित्सकहरु पनि अब कनिकाको अवस्था सामान्य भइसकेको बताउँछन् ।

कनिका र उनको परिवार छैटौं रिपोर्टको पर्खाईमा छन् । यदि छैटौं रिपोर्टमा कोरोना संक्रमण नदेखिए कनिका आफ्नो घर फर्कन सक्नेछिन् । कनिकालाई कोरोना संक्रमण देखिएपछि एक किसिमको तरंग नै पैदा भएको थियो । लखनऊको एक भव्य होटलमा पार्टी दिएकी कनिकालाई कोरोना देखिएपछि उनले अन्य व्यक्तिमा पनि कोरोना सारेको हुन सक्ने अनुमान गरिएको थियो । तर, उनको सम्पर्कमा आएका कसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed