Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ चैत २३, काठमाडौँ – राप्रपाका पूर्व मुख्य सचिव, सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त उनको अमेरिकाको डालासमा आइतबार निधन भएको हो । तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भुमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थिए । लामो समय निजामती सेवामा रहेका सुवेदी सेवा निवृत्त भएपछि राप्रपामा क्रियाशील थिए ।

निजामती सेवामा रहँदा सुवेदीले लामो समय स्थानीय विकास मन्त्रालय र राप्रपा अध्यक्ष कमल थापा विभिन्न समयमा सरकारमा रहँदा उनको नीजि सचिवालयमा रहेर काम गरेका थिए । सुवेदीको निधनमा राप्रपा अध्यक्ष थापाले आफ्नो जीवनको आरोह अवरोहको अभिन्न सहकर्मी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनका एक श्रीमती र दुई छोरा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed