Breaking News.... EverestOnlineKhabar
April 30, 2026

रेडपाण्डाको छाला ओसारपसारमा संलग्न ४ जना पक्राउ

Loading

२०७६ फागुन १३, काठमाडौं । प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला अवैध ओसारपसारमा संलग्न भएको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, कास्कीका युवराज सापकोटा र काठमाडौंकी कमला तामाङ छन् । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले उनीहरुलाई कपनबाट पक्राउ गरेको हो । उनीहरुको शरीरमा खानतलासी लिने क्रममा दुर्लभ वन्यजन्तुको छाला फेला परेको एसएसपी सहकुलबहादुर थापाले बताए । उनका अनुसार पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed