Breaking News.... EverestOnlineKhabar
April 27, 2026

मकवानपुरमा जुवाको खालबाट महिलासहित ५ जना पक्राउ

Loading

२०७६ फागुन १३, काठमाडौं । मकवानपुरको थाहा नगरपालिकामा जुवा खेलिरहेको अवस्थामा एक महिलासहित ५ जना पक्राउ परेका छन् । थाहा नगरपालिका ९ चित्लाङमा रहेको एउटा घरमा जुवा खेल्ने र खेलाउने गरेको सूचनाका आधारमा पुगेको प्रहरीले नगदसहित ५ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकाश कुमार तामाङले जानकारी दिए । उनीहरुको साथबाट नगद ६८ हजार ७ सय रुपैयाँ र तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा थाहा ९ का सुकदेव बस्नेत, सुदर्शन भट्टराई, सानु कान्छा गोले, राम कुमार स्याङ्गतान र सानु माया बलामी रहेका छन् । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को जुवा सम्बन्धी कसुर बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed