![]()
२०७६ फागुन ८, काठमाण्डौ – प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण) को खरिद प्रक्रिया अघि नबढाउन निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले प्रिन्टिङ प्रेस खरिदको विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले घुस मागेको अडियो सार्वजनिक भएको भन्दै तत्कालको लागि खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो । समितिको बैठकमा मन्त्री बाँस्कोटालाई बोलाए पनि उनि उपस्थित भएनन् । मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदको क्रममा ७५ करोड रुपैयाँ घुस लिन एक जना व्यापारीसँग कुरा अघि बढाएको अडियो सार्वजनिक भएपछि चौतर्फी आलोचना भइरहेको छ ।


