Breaking News.... EverestOnlineKhabar
April 30, 2026

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई एक एमाले कार्यकर्ताको यस्तो पत्र…..

Loading

काठमाडौ,२२ जेठ ।
नेकपा एमालेका एक कार्यकर्ताले पार्टी अध्यक्ष केपी ओलीलाई एक सार्वजनिक पत्र पठाएका छन् । नेकपा एमाले काठमाडौ–सिन्धुली सम्पर्क मञ्चका अध्यक्ष अमर थापामगरले पार्टीको वर्तमान गतिविधि बारे सुझाव सहित पार्टी अध्यक्ष ओलीलाई पत्र पठाएका हुन् । एमाले कार्यकर्ता अमरले एमाले गठवन्धन बलियो हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका छन् । उनले एमालेको लागि दिनप्रतिदिन असहयोगी शक्ति बढ्दै गएकोप्रति समेत चिन्ता व्यक्त गरेका छन् । पढ्नुस् एमाले कार्यकर्ता अमर थापामगरले पार्टी अध्यक्ष ओलीलाई पठाएको पत्र,जस्ताको तेस्तै…..
नेतृत्वलाई सुझाव ।
प्रिय अध्यक्ष क. केपी शर्माओली,
नेकपा एमाले ।
आन्दोलनको रूपमा परिवर्तन गर्ने हो कि ? हामी एकोहोरो भइरहेका छौँ कि भन्ने आभास भएको छ । हामी आन्दोलनमा एक्लिदै गएको महशुस भएको छ । सबै हाम्रा असहयोगी शक्ति किन बन्दैछन् ? हो, राष्ट्रियता, स्वाधिनता र आत्मनिर्भरको आन्दोलनले नेपाली जनताको बिचमा एमाले लोकप्रिय छ । यतिबेला एमालेको लोकप्रियताबाट देशिविदेशी शक्ति अत्तालिएका छन् । त्रशित छन् । जनताको साथ हामीलाई पलपल छ भन्ने कुरा सम्पन्न स्थानीय तहको निर्वाचनको परिणामले प्रष्ट पार्दछ । यति हुँदाहुँदै गठबन्धनमा हाम्रो प्रगति हुन सकिरहेको छैन । तर हाम्रो विरूद्धमा ठुलै गठबन्धन खडा हुँदै गएको तथ्य देखिन्छ । सरकार हाम्रो प्रथामिकता होइन । जनमत हाम्रो प्रथामिकता हो तर सरकार, सदन तथा बाहिर अवस्थित शक्तिलाई हामीले उपयोग गर्न सकिरहेका छैनौं । जसले गर्दा हामीले लिएका आन्दोलनको नीति मार्फत उपलब्धिहरू भनेजति हासिल गर्न सकिरहेका छैनौँ । एकपटक समिक्षा गरौँ र नयाँ ढंगले अघि बढ्नु पर्ने आवश्यकता खड्किएको महसुस भएको छ । अर्को सफलताका लागि एककदम पछि सर्ने र नयाँ रणनीतिसहित दोस्रो चरणको निर्वाचनलाई उपयोग गर्न आवश्यक छ । साथै संघ र प्रदेशको निर्वाचन पनि समयमै सम्पन्न गराउने र एमालेले फेरिपनि कमसेकम दुईतिहाई बहुमत प्राप्त गर्ने रणनीति तय गर्नुपर्ने अनिवार्यता छ । तर वर्तमान गतिविधिले त्यो दिशातिर उन्मुख गराएको छैन । हामीले जनतालाई भन्दै आइरहेको कुरा संविधानको कार्यान्वयन, यसको दिर्घकालिन रक्षा, राष्ट्रको समृद्धि, स्वाधिनता, आत्मनिर्भरता, राष्ट्रिय एकता, राष्ट्रियता हाम्रा प्रमुख लक्ष्य हुन् तर अहिलेको टकरावले यी सवालहरूलाई ओझेलमा पारेको छ । पुँजीवादी, उग्रवामपन्थी, उक्षृङ्खलता, अराजकता, अवसरवाद जस्ता गुटहरूले प्रश्रय पाएको छ । जनता पनि यतिबेला अलमलमा परेको हो कि भन्ने कुरा मतपरिणाम र उनीहरूले व्यक्त गरेको प्रतिक्रियाहरूले संकेत गरिरहेको छ । तसर्थ यतिबेला फेरीपनि जनताको आँखामा छारो हाल्दै प्रगतिशील, क्रान्तिकारी शक्तिहरूलाई ओझेलमा पार्ने षड्यन्त्रसहित खासगरी आवरणमा माओवादी केन्द्रलाई प्रयोग गर्दै प्रतिक्रियावादीहरू सक्रिय भएको महशुस भइरहेको छ । तसर्थ हामीले लिएको संघर्षको नीतिमा परिवर्तनको आवश्यकता देखिएको छ । अन्यथा नत जनताले चाहेको परिवर्तन पुरा हुनेछ नत हाम्रो प्रगतिशिल आन्दोलनले शिखर चुम्न सक्ने नै छन् । धन्यवाद ।
अमर थापामगर
अध्यक्ष
नेकपा एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्च

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed