Breaking News.... EverestOnlineKhabar
April 30, 2026

प्रजनन् स्वास्थ्य सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी

Loading

काठमाडौ,जेठ ।
स्वास्थ्य मन्त्रालयले प्रजनन् स्वास्थ्य सम्बन्धी विधेयक संसदमा पेश गर्ने तयारी गरेको छ । संविधानको मौलिक हकमा व्यवस्था गरिएको प्रजनन् अधिकारलाई कानुनतः स्थापित गर्न र नेपालको यससम्बन्धी प्रतिबद्धता पूरा गर्न विधेयक १५ दिनभित्र व्यवस्थापिका–संसदमा प्रस्तुत गर्ने तयारी मन्त्रालयले गरेको हो ।
विधेयक तयार गर्न मन्त्रिपरिषद्ले स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएसँगै विधेयकको मस्यौदा तयार पारिएको स्वास्थ्य मन्त्री गगन थापाले जानकारी दिनुभयो । मन्त्रालयले विधेयक आइतबार कानुन मन्त्रालयमा पठाउने र बढीमा दुई हप्ताभित्र मन्त्रिपरिषदबाट पारित भई संसदमा पुग्ने उहाँले जानकारी दिनुभयो ।
सरकार फेरिन लागेपनि विधेयक मन्त्रालयको प्राथमिकताको विषय बनिसकेकाले त्यसले फरक नपार्ने मन्त्री थापाको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed