![]()
२०७६ माघ १३, काठमाण्डौ । गएको साउनदेखि पुस मसान्तसम्ममा काठमाण्डौ उपत्यकामा गाडी दुर्घटनामा परेर ९१ जनाको मृत्यु भएको छ । यो ६ महिनाको अवधिमा काठमाण्डौमा ६ हजार ४ सय ३६ दुर्घटना हुँदा ९१ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गएको साउनमा एक हजार ७० दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको थियो । यस्तै भदौमा १ हजार १ सय ३५ दुर्घटना हुँदा १२ जनाको असोजमा ९ सय ७६ दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । कात्तिकमा १५ जनाको, मंसिरमा १७ जनाको र पुसमा १५ जनाको दुर्घटनामा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । चालकको लापरवाही, यान्त्रिक गडबडी, सडकको अवस्था लगायत कारणले दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।


