Breaking News.... EverestOnlineKhabar
April 29, 2026

Loading

२०७६ पुस १८, काठमाडौँ । प्रहरीले चरी समूहका गुण्डा राते भन्ने सुजन श्रेष्ठलाई पक्राउ गरेको छ । ज्यान मार्ने मुद्दाका फरार आरोपी रातेलाई पक्राउ गरेको हो । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई नयाँबजार बस्दै आएका श्रेष्ठलाई बिहीबार राती १० बजे ठमेलबाट महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरेको हो । ०७५ चैत १८ गते ठमेलस्थित एलओडी क्लब अगाडि रेम्बो भन्ने अजय गुरुङ र रातेले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा बस्दै आएका विष्णु कठायतमाथि आक्रमण गरेका थिए । अजय भने फरार छन् ।

’कठायतलाई पछाडिबाट रडले टाउकोमा हानेर उनीहरु फरार भएका थिए,’ महाशाखाका एसएसपी सहकुल थापाले भने, ’फरार अजयको प्रहरीले खोजीकार्य जारी राखेको छ ।’ पक्राउ परेका रातेलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed