Breaking News.... EverestOnlineKhabar
April 28, 2026

Loading

२०७६ पुस १८, काठमाडौँ – चितवनका एसपी दानबहादुर मल्लले रवानापत्र बुझेका छन् । मल्लले शुक्रबार दिउँसो रमानापत्र बुझेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयले मल्ललाई चितवन जिल्ला प्रहरी कार्यालयबाट सरुवा गरेको थियो । सरुवामा चित्त नबुझेको भन्दै मल्लले जिल्ला छाड्न अटेर गरेपछि प्रदेश प्रहरीले उनलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । तर एसपी मल्लले जिल्ला छाड्न तयार नभएपछि बुधबार तालुकदार निकाय प्रदेश–३ प्रहरीले चितवन जिल्ला प्रहरीलाई पत्र लेख्दै २४ घन्टाभित्र मल्ललाई रमाना हुन निर्देशन दिएको थियो । चितवनमा एसपी गंगा पन्तलाईसरुवा गरिएको थियो ।

जिल्ला छाड्नुअघि आफूभन्दा एक तल मुनीको अधिकारीसँग रमाना लिनुपर्ने प्रावधान छ । कार्यालय प्रमुखहरुको सरुवा हुँदा रवाना लिएर सजिलै छाड्ने चलन छ । तर राजनीतिक आडमा सरुवा हुन नमानेका घटनाहरु पनि छन् । यसअघि जिल्लासहित विभिन्न प्रहरी युनिटका प्रमुखहरुले सरुवा हुँदा पनि नेतृत्व छाड्न तयार भएका थिएनन् । एसपी मिरा चौधरीको धनुषामा सरुवा भएर पनि तत्कालिन जिल्ला प्रमुखले छाड्न नमानेपछि उनी त्यहाँ जान सकिनन् । बाँकेको कोहलपुर इलाका प्रहरी प्रमुख हेमबहादुर शाहीको पनि सरुवा भइसकेको छ तर उनले पनि त्यस ठाउँ छाडेका छैनन् । सामान्यतया कार्यालय प्रमुखको हकमा सरुवा भएको एक वर्षभन्दा कम समयमा विना कारण त्यहाँबाट हटाउन नपाउने प्रावधान छ ।

मल्ल, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्व पीएसओ हुन् । प्रचण्डको पीएसओ भएकै समयमा उनी पदोन्नती भएर डीएसपी भएका थिए । लगत्तै उनी आकर्षक मानिने महानगरीय प्रहरी वृत दरबारमार्गको नेतृत्व गर्ने अवसर पाएका थिए । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा चितवन प्रहरी विवादमा आएको थियो । चितवन प्रचण्डको गृहजिल्ला हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed