Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सर्वदलीय बैठकमा एमाले अनुपस्थित….

Loading

काठमाडौ,१६ जेठ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सर्वदलीय बैठक बोलाएका छन् । राष्ट्रपतिले सहमतीय सरकार गठनका लागि दिएको एक साताको समय गुज्रनै लाग्दा देउवाले एमालेसहितका संसद्मा रहेका दललाई पत्र पठाएरै छलफलका लागि बोलाएका हुन् ।
संसद् भवन सिंहदरबारमा मंगलबार बिहान ८ बजे बस्ने गरी संसद्मा रहेका सबै दलको बैठक आह्वान गरिएको कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए ।
देउवाले सर्वदलीय बैठक बोलाए पनि एमाले भने सहभागी नहुने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सहमतीय सरकारका लागि छलफल गर्न कांग्रेसले बोलाएको सर्वदलीय बैठकमा नजाने बताए ।
एमालेले छलफलमै नआउने बताएपछि अब सहमतीय सरकार गठनको सम्भावना कमजोर बनेको छ । यसअघिको समाचारमा अन्यथाःपर्न गएकोमा क्षमा चाहन्छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed