Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अन्धाधुन–२ का लागि आफू फिट:बलिउड अभिनेत्री दीपिका पादुकोण

Loading

मुम्बई : बलिउड अभिनेत्री दीपिका पादुकोण अहिले पति रणवीर सिंहसँग रोमान्समा मस्त छिन्। उनी छिट्टै मेघना गुलजारको फिल्म ‘छपाक’ बाट कमब्याक गर्दैछिन्। यसका साथै दीपिकाले एक अन्तर्वार्तामा २०१९ मा आफूले गर्न चाहेका योजना पनि सार्वजनिक गरेकी छन्।

दीपिकाले भनिन्, ‘मेन्टल हेल्थको काम जारी नै रहनेछ। व्यक्तिगत कुरा गर्ने हो भने म आफ्ना अभिभावक र बहिनीसँग धेरै समय बिताउन चाहन्छु। यो वर्ष म विभिन्न वाद्य सामग्री बजाउन पनि सिक्दै छु। पियानो वा गितार बजाउन सिक्छु।’

दीपिकाले आयुष्‍मान खुरानाको अघिल्लो वर्ष रिलिज भएको ‘अन्धाधुन’ को सिक्‍वेलमा पनि काम गर्ने इच्‍छा व्यक्त गरेकी छन्। उनले भनिन्, ‘ श्रीराम (अन्धाधुनका निर्देशक) सँग काम गर्ने इच्छा छ।’ अन्धाधुन–२ का लागि आफू फिट भएको उनको जिकिर छ।

अन्धाधुन २०१८ को सफल फिल्ममध्ये पर्छ। यो क्राइम सस्पेन्स फिल्मले बक्स अफिसमा सानदार कमाइ गरेको थियो। यसमा आयुष्मान खुरानाले आँखा नदेख्ने व्यक्तिको भूमिका निर्वाह गरेका छन्। फिल्ममा तब्बु, राधिका आप्टे मुख्य भूमिकामा थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed