Breaking News.... EverestOnlineKhabar
May 1, 2026

 काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा सोमबार बिहान हल्का वर्षा

Loading

 

 काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा सोमबार बिहान हल्का वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भएको हो ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले पश्चिमी वायुका कारण काठमाडौंसहित देशका विभिन्न भागहरुमा सोमबार बिहान वर्षा भएको जानकारी दिइन् । कँडेलका अनुसार, यो वायुको प्रभावले सोमबार दिनभर हल्का वर्षा हुने सम्भावना छ । बेलुकाबाट भने यसमा सुधार आउने उनको अनुमान छ ।

‘पश्चिमी वायुको प्रभावले सोमबार बिहान हल्का वर्षा भएको छ’, ‘दिउँसोभर अवस्था यस्तै रहे पनि बेलुकाबाट यसमा सुधार आउने सम्भावना छ ।’ महाशाखाका अनुसार, उच्च पहाडी तथा हिमाली भूभागहरुमा भने हल्कादेखि मध्यम खालको हिमपात हुने सम्भावना छ ।‘काठमाडौंमा  चिसो बढ्छ, तर माइनसमा झर्दैन’

वर्षा भएकाले काठमाडौं उपत्यकाको तापक्रम थप घट्ने प्रक्षेपण महाशाखाले गरेको छ । तापक्रम केही घटे पनि माइनसमै भने नपुग्ने मौसमविद् कँडेलको अनुमान छ । ‘हल्का वर्षा भएकाले तापक्रम थप घट्छ, तर माइनसमै गइहाल्ने सम्भावना नरहेको   मौसमविद् बताउछन् ।

उपत्यकाको तापक्रम यसअघि नै शून्यमा झरिसकेको छ । तर सोमबार बिहान वर्षा भए पनि न्यूनतम तापक्रम भने ६।५ सेल्सियस मापन भएको महाशाखाले जनकारी गराएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed