![]()
बीबीसी । इरानसँगको सीमाक्षेत्रमा गस्तीमा रहेका पाकिस्तानी सेनालाई इरानमा सक्रिय लडाकूहरुले बारुदी सुरुङ (एम्बुस) मा पारेर हत्या गरेको भन्दै पाकिस्तानले इरानी कुटनीतिज्ञसँग विरोध जनाएको छ । उक्त एम्बुसमा परेर ६ जना पाकिस्तानी सेनाको मृत्यु भएको थियो ।
पाकिस्तानी विदेश मन्त्रालयले उक्त आक्रमणमा जिम्मेवार सशस्त्र समूहलाई कार्यबाही गर्न इरानी राजदूत समक्ष आग्रह गरिएको जनाएको छ । उक्त आक्रमणको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन, र दुबै देशले आक्रमणकारीको पहिचान पनि खुलाएका छैनन् ।
झण्डै ३० जनाको समूहमा आएका लडाकूले गस्तीमा रहेको पाकिस्तानी सेनाको टुकडीमाथि आक्रमण गरेका थिए । आक्रमणबाट ६ जनाको मृत्यु हुनुका साथै १४ जना घाइते भएका थिए । गोली हानाहानका क्रममा चारजना आक्रमणकारी लडाकू पनि मारिएका थिए ।
इरानले एक वक्तव्य प्रकाशन गरी उक्त आक्रमणको भत्र्सना गर्नुका साथै पाकिस्तानसँग सहकार्य गर्न तत्पर रहेको जनाएको छ । पाकिस्तान–इरानको सीमाक्षेत्रमा केही सशस्त्र लडाकू समूहहरुका साथै लागूऔषधका तस्करहरु सक्रिय छन् ।


