Breaking News.... EverestOnlineKhabar
May 1, 2026

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली र दाहालको २२ पेजलाई बामदेवको १६ पेजको चुनौती

Loading

काठमाडौं।   नेकपा स्थायी समिति बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । प्रतिवेदनमा पार्टी र सरकारको समीक्षा, सांगठनिक एकीकरण र पार्टीको भावी कार्ययोजनाका विषय समेटिएको छ ।

बैठकको प्रारम्भ गर्दै अध्यक्ष ओलीले देशको वर्तमान राजनीतिक परिस्थिति र बैठकको महत्वको विषयमा आफ्नो धारणा राखेका थिए । यस्तै प्रचण्डले राजनीतिक प्रतिवेदनमा केन्द्रीत रहेर आफ्नो धारणा राखेका थिए ।

बैठकमा धारणा राख्दै प्रचण्डले सांगठानिक कार्यभार, पार्टी सञ्चालन, सरकारको समीक्षा र पार्टीको नयाँ कार्ययोजना तयार गर्ने विषयमा केन्द्रीत रहेर राजनीतिक प्रतिवेदन तयार पारिएको बैठकलाई जानकारी गराएका थिए ।

अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन २२ पेज लामो रहेको छ ।  सो प्रतिवेदनको अध्ययन गर्न सदस्यहरुलाई आइतबार एक दिनको समय  दिइएको छ । सोमबारदेखि बैठकमा सदस्यहरुले अध्यक्षको प्रतिवेदनमाथि केन्द्रीय रहेर आफ्नो धारणा राख्ने क्रम सुरु हुने बताइएको छ ।

यसैबीच  बैठकमा नेता वामदेव गौतमले छुट्टै प्रतिवेदन पेश गरेका छन् ।   उनको प्रतिवेदन १६ पेज लामो भएको र सो पनि स्थायी समिति सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed