Breaking News.... EverestOnlineKhabar
May 1, 2026

३३ किलो सुनकाण्डका आरोपी शाक्य र पोद्दारलाई जनही १० लाख धरौटी

Loading

विराटनगर ।  विराटनगरस्थित उच्च अदालतले साढे ३३ किलो सुन र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका व्यवसायी राजेन्द्रकुमार शाक्य आरके र विमाल पोद्दारलाई धरौटीमा छाड्ने आदेश दिएको छ। अदालतले पुर्पक्षका लागि थुनामा रहेका दुवै जनालाई समान १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो। यसअघि, दुवैजनालाई जिल्ला अदालत मोरङले भदौ १३ गते थुनामा राख्न आदेश दिएको थियो।

सो आदेशलाई उल्टाउदै न्यायाधीश नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको संयुक्त इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो। व्यवसायी दीपक मल्होत्राका साझेदार रहेका भारतीय नागरिक पोद्दारले सुन तस्करी प्रकरणका लागि हुण्डीमार्फत सहयोग गरेको खुलेपछि पक्राउ गरी मुद्दा दायर गरिएको थियो।

गत असार ६ गते पक्राउ परेका पौद्दारसहित सञ्जय खेतान भनिने प्रभात अग्रवाल, आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इस्तियाज उद्दिन, अबु सलमान खान भनिने सैयाद अकबर साहलाई दोस्रो पुरक अभियोगमा जिल्ला न्यायधिस नारायणप्रसाद शर्माको इजलासले थुनामा राख्न आदेश दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed