Breaking News.... EverestOnlineKhabar
April 30, 2026

भारतले दश बर्षपछि अष्ट्रेलियालाई उसकै गृहमैदानमा हरायो

Loading

एजेन्सी । अस्ट्रेलियाको एडीलेडमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई ३१ रनले पराजित गरेको छ । अस्ट्रेलियाको घरेलु मैदानमा १० वर्षपछि भारतले टेस्ट जितेको यो पहिलो हो ।

पाँचौं दिन जितका लागि ३२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको टोली २९१ रनमा अलआउट भएको थियो । भारतको जितमा महत्वपूर्ण आधार तयार गरेका चेतेश्वर पुजारा ‘म्यान अफ दी म्याच’ घोषित भएका थिए । भारतका तर्फबाट रविचन्द्रन अश्विन, जसप्रित बुमराह र मोहम्मद सामीले ३/३ विकेट लिएका थिए भने इशान्त शर्माले १ विकेट लिए ।

अस्ट्रेलियाका लागि शन मार्सले ६२ र कप्तान टीम पेनले ४१ रन बनाएका थिए । अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेका थिएनन् । उनीहरु नियमित अन्तरालमा आउट भएका कारण सुरुदेखि नै अस्ट्रेलिया दबाबमा परेको थियो ।

अस्ट्रेलियामा भारतले सन् २००८ मा पर्थस्थित वाका रंगशालामा अन्तिमपटक टेस्ट जितेको थियो । एडीलेड मैदानमा भने अस्ट्रेलियाविरुद्ध भारतले सन् २००३ मा अन्तिमपटक टेस्ट जितेको थियो ।

आगामी शुक्रबारदेखि दुवै टीमबीच पर्थमा दोस्रो टेस्ट हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed