![]()
काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मीले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पाँचौ जित दर्ता गरेको छ । जितसँगै आर्मी ७ खेलबाट १७ अंकसहित लिग तालिकाको चौथो स्थानमा यथावत छ । सातोबाटोस्थित एन्फा कम्लेक्समा भएको खेलमा आर्मीले गोलका लागि ६६ औं मिनेट कुर्नुपर्यो ।पहिलो हाफमा आक्रमक खेलेपनि गोलरहित बराबरी खेलेको आर्मीले ६६ औं मिनेटमा अग्रता बनाएको हो ।
आर्मीलाई अग्रता दिलाउन टंक बस्नेतले सन्तोष तामाङको क्रसमा हेडमार्फत गोल गरे । आर्मीलाई जिताउन महत्वपुर्ण भूमिका खेलेका टेक बहादुर बुढाचोकी म्यान अफ द म्याच भए ।यसअघि आर्मीले छैठौं चरणको खेलमा फेन्ड्रस क्लबसंग गोलरहित बराबरी खेलेको थियो ।
जितसंगै तिन अंक जोडेको आर्मीलाई लक्ष्यमा पुग्न केही राहात भएको छ । लगातार पराजित बिग्रेडले ५ खेलमा हार ब्यहारेको छ भने १ मा जित र १ मा बराबरी खेलेको छ ।


