Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

एजेन्सी । सामाजिक सञ्जाल ट्वीटरका प्रमुख कार्यकारी अधिकृतको अहिले तीव्र आलोचनाको घेरामा तानिएका छन् । म्यानमार सम्बन्धी एउटा ट्वीटका कारण उनी बर्खास्त हुने अवस्थामा पुगेका छन् ।

ट्वीटरका सिइओ ज्याक डोर्सीले म्यानमारलाई पर्यटकीय गन्तव्यका रुपमा व्याख्या गर्दै ट्वीट गरेका थिए । अल्पसंख्यक रोहिंग्या समुदायमाथि ज्यादति गरेको र मानवअधिकारको गम्भीर उल्लंघन भएको भन्दै म्यानमारको अन्तर्राष्ट्रिय रुपमा आलोचना हुने गरेको छ ।

यसका बाबजुद ज्याकले ट्वीटमा पर्यटकीय गन्तव्यको रुपमा चित्रित गरेको भन्दै आलोचना भएको हो । ज्याक गएको महिना म्यानमारको उत्तरी क्षेत्रको भ्रमणमा थिए । उनले आफ्ना चार मिलियन ट्वीटर फलोअर्सलाई म्यानमार भ्रमणका लागि उत्साहित पार्दै त्यहाँका मानिसहरु निकै उत्साहित खालका रहेको र खाना उत्कृष्ट स्वादयुक्त भएको उल्लेख गरेका छन् ।

उनले लगातार म्यानमारको बखान गर्दै गरेर ट्वीट गर्दा म्यानमार सरकारले रोहिंग्या मुसलमानमाथि गरेको ज्यादतिको ख्याल भने नगरेको भन्दै आलोचना भएको छ । ज्याकले अहिलेसम्म आलोचनाबारे केही बोलेका छैनन् तर आफ्नो अबको ट्वीटमा यसबारे बोल्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed