![]()
बीबीसी । विश्व सुन्दरीको फाइनल राउण्डमा के प्रश्न सोधिएको थियो, मेक्सिकोकी भेनेसाले त्यस्तो के जवाफ दिइन् र उनले विश्व सुन्दरीको उपाधि जितिन्।
-

२६ वर्षकी भेनेसा पोन्से डि लियोन मेक्सिकोबाट विश्व सुन्दरीको उपाधि जित्ने पहिलो महिला हुन्। उनलाई भलिबल खेल्न मनपर्छ र उनले पानी मुनि खेलिने स्कूबा डाइभिङको प्रमाणपत्र पनि पाएकी छन्।
-

सन् २०१७ की विश्व सुन्दरी भारतकी मानुषी छिल्लरले यो वर्षकी नयाँ विश्व सुन्दरी मेक्सिकोकी भेनेसालाई ताज लगाइदिँदै।
-

शनिवार चीनको सान्या शहरमा भएको विश्व सुन्दरी प्रतियोगितामा भेनेसाले जितेको घोषणा गरिएको थियो। उक्त प्रतियोगितामा नेपालका तर्फबाट सहभागिता जनाएकी श्रृङ्खला खतिवडा अन्तिम १२ बाट बाहिरिएकी थिइन्।
-

अन्तिम चरणमा भेनेसालाई प्रश्न सोधिएको थियो, विश्व सुन्दरी बनेपछि उनले कसरी अरूको मद्दत गर्नेछिन्? त्यसको जवाफमा भेनेसाले भनिन्, “म विश्व सुन्दरी भएपछि पनि त्यसैगरी गर्छु जसरी पछिल्लो तीन वर्षदेखि गर्दै आएकी छु। हामीले सबैको ध्यान राख्नुपर्छ, माया गर्नुपर्छ। कसैलाई सहयोग गर्ने काम धेरै गाह्रो होइन। तपाईँ जतिबेला बाहिर गए पनि सहयोगको खाँचो परेका कोइ न कोइ तपाईँले भेट्नुहुन्छ। त्यसैले सधैँ सहयोग गर्नका लागि तयार रहनुपर्छ।”
-

भेनेसाको जन्म मेक्सिकोको मुआनजुआटो शहरमा भएको थियो।
-

१ सय ७४ सेन्टिमिटर उचाइकी भेनेसाले यो वर्षको मे महिनामा मिस मेक्सिकोको उपाधि जितेकी थिइन्।
-

भेनेसालाई अङ्ग्रेजी र स्पेनी भाषाको ज्ञान छ। खाली समयमा उनलाई घर बाहिर खेलिने खेल खेल्न मनपर्छ।
-

भेनेसा महिलाहरूको पुनर्वासका लागि काम गर्ने एउटा संस्थाको एकजना निर्देशक पनि हुन्।
-

विश्व सुन्दरी २०१८ को प्रतियोगितामा अन्तिम पाँचमा थाइल्याण्ड, युगाण्डा, मेक्सिको, बेलारुस र जमैकाका सुन्दरीहरू पुगेका थिए।
-

भेनेसाले ‘इन्टरन्याशनल बिजनेस’मा स्नातक गरेकी छन्। यसबाहेक उनले मानवअधिकारमा पनि डिप्लोमा गरेकी छन्।
-


