Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मन्त्री महासेठ, मेयर शाक्य र उपमेयर खड्गीको देखावटी काम, कुचो लगाएर सरसफाइको नाटक

Loading

काठमाडौँ  ।काठमाडौँ महानगरपालिकाले  मंसिर ८ गतेदेखि सुरु गरेको ‘सहरी सौदर्य प्रवर्द्धन सघाउ अभियान’लाई निरन्तरता दिएको छ ।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पनि काठमाडौँ महानगरपालिकाले रात-दिन नभनी सरसफाई अभियानलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै मन्त्रालयको पनि साथ र सहयोग निरन्तर रहने बताए ।

शनिबार सरसफाई अभियान सुरु हुनु अघि मन्तव्य राख्दै  भौतिक पूर्वाधार तथा  यातायात मन्त्री रघुवीर महासेठले काठमाडौँ महानगरपालिकाले काम गरिरहेको स्मरण गराउँदै भनेे- ‘महानगरपालिकाले रातो-दिन काम गरिरहेको छ । तर, अहिले बन्दै गरेका भौतिक संरचना र त्यसका निर्माण सामाग्री जथाभावी मिल्काउँदा सहरको सौर्दयीकरण बढाउन केही समस्या भएको छ ।’

त्यसैगरी मन्त्री महासेठले राजधानी भित्रिने नाकाबाट आएको धुलोका कारण पनि महानगर फोहोर भएको भन्दै अब जेठ मसान्तसम्म सबै ठिक हुने दाबी गरे ।

‘सहरी सौन्दर्यीकरण बढाउन यो अभियानलाई निरन्तरता दिने तयारी गरेका छौँ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भने, ‘अहिले धरहरा, दरवार हाइस्कुल, वीर अस्पताल र रत्नपार्कमा ठूला-ठूला भौतिक संरचना निर्माण भैरहेका छन् ।

यी संरचनाका लागि आवश्यक निर्माण सामाग्री ढुवानी गर्ने साधनले जथाभावी धुलो, गिट्टी, बालुवा नझार्ने हो र ठेकेदारहरुले पनि यति कुरामा मात्रै ध्यान दिने हो भने महानगर सफा राख्ने हाम्रो अभियान धेरै हदसम्म सफल हुने थियो ।’

उहाँले आफू निर्वाचित भएर आएको अवस्थाको भन्दा अहिले विस्तारै महानगरपालिका धुलो मुक्त हुँदै गएको र अब अझ सुन्दर र सफा महानगर हुने दाबी पनि गरे । उपमेयर हरिप्रभा खड्कीले पनिविकास जादूको छडी जस्तो नभएको भन्दै विस्तारै विकासको अभियान अघि बढ्ने बताइन् ।

मन्त्री महासेठ, मेयर शाक्य र उपमेयर खड्गीले केहीबेर कुचो र बेल्चा बोकेर सडकमा हिंडदैमा सडक सफा नहुने भन्दै सर्वसाधारणले आलोचना गरेका छन । उनीहरुले नीतिगतरुपमै योजना ल्याउन सरकार र महानगर असफल भएको आरोप लगाएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed