Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । मुख्य तीन खेलाडीबिनै मैदान उत्रिएको विभागीय क्लब त्रिभुवन आर्मी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबसँग गोलरहित बराबरीमा रोकिएको छ । गोलरहित बराबरीसँगै आर्मीले दुई स्थान माथि उक्लिने मौका गुमाएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सुरुवातदेखि नै उत्कृष्ट खेल्न नसकेको आर्मीले गोलका अवसर सिर्जना गरेपनि फ्रेन्ड्सका गोलरक्षक देब लिम्बुले विफल पारेका थिए ।

मुख्य खेलाडीको अभाव झेलिरहेको आर्मीले लिगमा अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन । आर्मीका मुख्य स्टाइकर नवयुग श्रेष्ठ घाइतेपछि आराममा छन् भने जर्जप्रिन्स कार्की विभागीय तालिममा छन् । भरत खवासले दोहोरो पहेलो कार्डको सामना गरेपछि आजको खेल गुमाए । गोलरहित बराबरीपछि दुई स्थान माथि उक्लिने मौका गुमाएको आर्मी १४ अंकसहित लिगको चौथो स्थानमै यथावत् छ । फ्रेन्ड्स ६ खेलबाट ५ अंक जोड्दै लिग तालिकाको १० औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed