Breaking News.... EverestOnlineKhabar
May 1, 2026

ए डिभिजन लिगमा मनाङको लगातार छैठौं जित, शीर्ष यात्रा कायमै

Loading

काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा लगातार छैटौं जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मनाङले जावलाखेल युथ क्लबलाई १-० गोलअन्तरले पराजित गरेको हो ।

मनाङको जितमा अञ्जन विष्टले गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको मनाङले खेलको दोस्रो हाफमा गोल गर्न सफल भयो ।मनाङले खेलको ६२औं मिनेटमा पेनाल्टी पाएको थियो । मनाङका अफिज ओलावालेलाई डिबक्सभित्र फल गरेपछि पेनाल्टी पाएको थियो । पेनाल्टीबाट अञ्जनले गोल गरे ।

जितसँगै मनाङले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै ६ खेलबाट १८ अंक बनाएको छ । यता पराजित जावलाखेलले भने ६ खेलमध्ये एक खेलमा जित एक खेलमा बराबरी र चार खेलमा हार ब्यहोर्दै ४ अंक बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed