Breaking News.... EverestOnlineKhabar
May 1, 2026

ब्रेक्जिट सम्झौताः संसदीय बहसमा प्रधानमन्त्री मे लाई धक्का

Loading

बीबीसी । ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले, संसद्‍मा ब्रिटेन औपचारिक रूपमा यूरोपेली संघ-ईयूबाट बाहिरिने बेक्जिटसम्बन्धी पाँच दिने महत्त्वपूर्ण बहस शुरू गर्दै या त उनले प्रस्तुत गरेको सम्झौता पारित हुनुपर्ने या त सम्झौता नै नहुने वा ब्रेक्जिट नहुने अवस्था रहेको र त्यसैमध्येको विकल्प छान्नुपर्ने चेतावनी दिएकी छिन्।

आगामी मार्चमा ब्रिटेनले औपचारिक रूपमा ईयू छाड्नुअघि पुनः छलफलहरू सुरू गर्न ईयूसँग समय पनि नभएको र चाहना पनि नभएको मे ले बताएकी छिन्। मंगलबार ब्रिटेनको सरकारले ब्रेक्जिट प्रक्रियालाई नै ठूलो स्तरमा प्रभावित तुल्याउन सक्ने तीनवटा हारहरू बेहोर्‍यो।

उनले ल्याएको ब्रेक्जिट सम्झौतालाई लिएर सांसद्हरूलाई मनाउने प्रयासमा मे ले शुरूवाती हारहरूको सामना गरेकी छन्। अघिल्लो महिना ईयू र ब्रिटेन सरकारबीच भएको ब्रेक्जिट सम्झौता ब्रिटिश संसद्ले समर्थन गर्नु पर्ने हुन्छ।

प्रधानमन्त्री मे ले सन् २०१६ मा भएको ब्रेक्जिट मतदानपछि हाल उनले ल्याएको प्रस्ताव ‘एउटा सम्मानजनक सम्झौता’ भएको बताएकी छन्। ईयूबाट ब्रिटेनको औपचारिक बहिर्गमन तथा ईयूसँगको भावी सम्बन्धबारे प्रधानमन्त्री मेद्वारा प्रस्तावित ब्रेक्जिट सम्झौतामाथि ब्रिटिश तल्लो सदन हाउस अफ कमन्समा बहसहरू चलिरहेका छन्।

सन् २०१९ को मार्च २९ मा ब्रिटेन औपचारिक रुपमा ईयूबाट बाहिरिँदैछ। नोभेम्बरको अन्त्यमा २० महिना लामो छलफलहरूपश्चात् २७ ईयू देशका नेताहरूको बैठकले सो सम्झौता अनुमोदन गरेका थिए। तर त्यो कार्यान्वयनमा आउन त्यसलाई ब्रिटिश संसद्ले पारित गर्नुपर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed