Breaking News.... EverestOnlineKhabar
May 1, 2026

अमेरिका र चीनबीचको सहमतिसँगै एसीयाली अर्थ बजारमा सुधार

Loading

बीबीसी । अमेरिका र चीनबिच ब्यापारिक समझदारी बनेसंगै एसीयाली अर्थ बजारमा सुधार देखिएको छ । जी–२० राष्ट्रहरुको सम्मेलनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनियाँ राष्ट्रपति सि जिनपिङले नयाँ ब्यापारिक योजना ९० स्थगीत गर्ने समझदारी गरेका थिए । दुई ठुला अर्थतन्त्र भएका मुलुकबिचको ब्यापारिक द्धन्दको असर खेप्दै आएको एसियाली बजारमा पछिल्लो सममतीले सुधारको संकेत देखिएको बीबीसीले उल्लेख गरेको छ ।

पछिल्लो सहमतीपछि एसियाली मुलुक जापानी शेयर बजारमा १ र हङकङको बजारमा २ प्रतिशतको सुधार देखिएको छ । त्यस्तै अन्य एसियाली मुलुकका शेयरबजारमा सुधारको संकेत आएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । एकअर्काका सामानमा अमेरिका र चीनले १० देखी २५ प्रतिशतसम्मले कर बृद्धि गरेपछि त्यसको असर एसियाली अर्थ बजारमा पनि परेको थियो ।  २ ठुला अर्थतन्त्र भएका मुलुकबिचको पछिल्लो सहमती कायम राख्न अन्य मुलुकहरुले आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed