Breaking News.... EverestOnlineKhabar
May 1, 2026

संघीय संसदको अधिवेशन छिटो बोलाउन कांग्रेसको माग, सल्लाह भैरहेको नेकपाको जवाफ

Loading

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले  संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । कांग्रेसले संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले कानून निर्माण लगायत मुलुकका जल्दाबल्दा र जनसरोकारसँग सम्बन्धित विषयमा छलफल र बहस आवश्यक रहेकाले यथाशक्य छिटो संसद्को अधिवेशन बोलाउन आवश्यक रहेको बताएका हुन ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद् बैठक कक्षका सिट र त्यहाँ जडान भएका माइकलगायत उपकरणको मर्मत र सुधारको काम सकिनासाथ सरसल्लाह गरेर अविधेशन आह्वान हुने बताए।

संसद् सचिवालयले संसद् बैठक कक्ष र आवश्यक उपकरणको मर्मत सुधार र सरकारले आगामी अधिवेशनमा पेश गर्नुपर्ने विधेयकको तयारीलाई तीव्रता दिने काम भइरहेको छ। नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले भने, “अधिवेशन बोलाउने काम सरकारको हो, तयारी गरिरहेको छ, संसद् भवनभित्र मर्मत र सुधारका काम चलिरहेका छन्, संसद् छिटो सञ्चालन गर्नुपर्छ भन्नेमा सरकार सकारात्मकै छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed