Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । अफगानिस्तानमा अमेरिकी सेनाले गरेको हवाई हमलामा तालिवान लडाकुका एक प्रमुख कमान्डरको मृत्यु भएको छ । आक्रमणमा तालिवानका कमाण्डर अब्दुल मनानको मृत्यु भएको हो । तालिबानले मनान मारिएको पुष्टि गरेको छ ।

मनान अफगानिस्तानको दक्षिणी हेलमण्ड प्रान्तका प्रमुख थिए । उनी हेलमन्ड प्रान्तमा तालिवानको प्रमुख शक्ति मानिन्थे । मनानको मृत्यु तालिवानका लागि सन् २०१६ पछिकै ठूलो धक्का हो ।

२०१६ मा पाकिस्तानको पश्चिमी क्षेत्रमा एक अमेरिकी ड्रोन हमलामा संगठनका नेता अख्तर मन्सुर मारिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed