![]()
काठमाडौंं । संघीय संसदको सार्वजनिक लेखा समितिले विद्युत प्रशारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उल्लेख गर्दै छानविन सुरु गरेको छ । नेपाल विद्युत प्राधिकरणले सुरु गरेको विद्युत प्रशारण लाइन विस्तार र ट्रान्सफर्मर जडानमा अनियमितता भएको उजुरी परेपछि समितिले सो सम्बन्धमा छानविन सुरु गरेको हो ।
नेपाल विद्युत् प्राधिकरणले विद्युत् वितरण प्रणालीलाई गुणस्तरीय बनाउने योजनासहित देशभर विद्युत् पिलरसहितको प्रशारण लाइन विस्तार र ट्रान्सफर्मर जडानको कामलाई अघि बढाएकोमा उक्त अनियमितता देखिएको हो । उक्त योजनाका लागि ठेक्का प्रक्रियामै आर्थिक अनियमितता देखिएको भन्दै सार्वजनिक लेखा समितिमा उजुरी परेपछि समितिले सो सम्बन्धमा छानविन अघि बढाएको हो । छानविनका लागि समितिले सोसम्बन्धि आवश्यक कागजातसमेत नेपाल विद्युत प्राधिकरणबाट झिकाउने प्रक्रिया सुरु गरेको छ ।
त्यसैगरी समितिले तारा गाउँ विकास समितिको जग्गा हायात रिजेन्सी होटलले पुनर्मूल्याङ्कन गरेर सेयर हडपेको विषयमा पनि समितिले छानवीन सुरु गरेको छ ।

